2026-06-19 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ आगामी तीनदिनको मौसम पूर्वानुमान

2020-12-19

पुस ४, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार, हाल देशमा उत्तर-पश्चिमी वायुको प्रभाव रहेको छ | त्यस्तै, अहिले देशभरको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागिरहेको बताएको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमानः

पौष ४ गते (शनिबार)

दिउँसोः प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ५ गते (आइतबार)

दिउँसोः प्रदेश नं १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ६ गते (सोमबार)

दिउँसोः कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ