Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वाग्मती प्रदेश : रिक्त पद मुख्यमन्त्रीले सम्हाले

By साझासवाल 2 मिनेट पढाइ

<p>पुस १२, मकवानपुर (रासस) । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन मन्त्रालयको कामकारबाही आजदेखि आफैँ सम्हाल्नुभएको छ ।</p><p> वाग्मती प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले यही पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त&nbsp; आन्तरिक मामिला तथा कानून , सामाजिक विकास&nbsp; र उद्योग, पर्यटन,&nbsp; वन तथा वातावरण मन्त्रालयको कामकारबाही सम्हाल्ने हुनुभएको हो ।<br></p><p>मुख्यमन्त्री पौडेलले रिक्त मन्त्रालय आफूले नै सम्हाल्ने&nbsp; लिखित जानकारी वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इंलाई सिफारिस गरी पठाउनु भएअनुसार प्रदेश प्रमुखले आजै उक्त सूचनाको जानकारी सार्वजनिक गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले राससलाई जानकारी दिनुभयो ।</p>