<p><b>पुस १४, काठामाडौं ।</b> यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम खुला गरेको छ । कोरोना महामारीको कारण गत चैतदेखि बन्द भएको अनलाइन फाराम आज (मङ्गलबार) देखि सातवटै प्रदेशमा खुलेको विभागका निर्देशक एवम् सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिए ।<br></p><p>अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको निर्देशक भुसालले बताए । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरिको उनको भनाई छ । अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको र अब नियमित परीक्षा हुने पनि भुसालले बताए ।</p><p>काठमाण्डौ उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ । </p>
December 29, 2020
काठमाडौँ - KTM, समाज
आजबाट खुल्यो सवारी लाइसेन्स फाराम, कति छ दैनिक कोटा ?
By साझासवाल
2 मिनेट पढाइ










