२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

२०७७, २८ पुष मंगलवार १५:५६

पुस २८, क्वालालमपुर (रासस/एएनआई) । मलेसियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरूको सङ्ख्या मङ्गलबार अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । 

मलेसियाका अधिकारीहरूका अनुसार मङ्गलबार तीन हजार ३०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

यो सङ्ख्या महामारी शुरु भएदेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरूले बताएका छन् । 

मलेसियामा कोरोनाका कारण अहिलेसम्म कूल एक लाख ४१ हजार ५३३ जना सङ्क्रमित भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

मन्त्रालयका महानिर्देशक नुर हिशन अब्दुल्लाहले जारी गरेको प्रेस वक्तव्यमा नयाँ सङ्क्रमितमध्ये छ जना देश बाहिरबाट सङ्क्रमित भएरै आएको र अरू तीन हजार ३०३ जना देश भित्रै एकबाट अर्कोमा सरेको उल्लेख गरिएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये थप चार जनाको मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या ५५९ पुगेको छ । 

मलेसियामा अहिले पनि ३० हजार ३९० जना सङ्क्रमित अवस्थामै रहेका छन् भने तीमध्ये १९० जना अति सघन उपचार कक्षमा रहेका छन् । त्यसैगरी ८३ जनालाई श्वास प्रश्वासका लागि अक्सीजन दिनु परिरहेको पनि अधिकारीहरूले जनाएका छन् । 

देशका गृह मन्त्री हम्जाह जैनुदिन पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।  

कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये उहाँ तेस्रो मन्त्री हुनुभएको छ । यसअघि आर्थिक मामिला मन्त्री मुस्तपा मोहमद र महिला, परिवार तथा सामुदायिक विकास मन्त्री रिना हरून पनि सङ्क्रमित हुनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट