Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पछिल्लो २४ घन्टामा २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,मृतकको संख्या कति ?

By kit 2 मिनेट पढाइ

<p><b>माघ १, काठमाडौं । </b>नेपालमा पछिल्लो २४ घन्टामा २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण पुष्टि भएको हो |&nbsp;<br></p><p>योसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार २४ घन्टामा ४०० जना कोरोना संक्रमण मुक्त भएका छन् | यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ |&nbsp;</p><p>त्यस्तै २४ घन्टामा ५ जनाको मृत्यु भएको छ | योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ५९ पुगेको मन्त्रालयको तथ्यांक छ |</p>