माघ ५, काठमाडौँ । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार नेपालमा पनि ३ जनामा संक्रमण पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपनि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको बताएको हो । विश्व स्वास्थ्य स्न्गथान्को सहयोगमा उनीहरुको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो ।

बेलायतबाट नेपाल आएका उनीहरुलाई लायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । भीडभाडमा नजाने, जानुपरेपनि दुई मिटरको दुरी कायम राख्ने, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउनेलगायतका उपाय अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

January 18, 2021
काठमाडौँ - KTM, समाज
बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार नेपालमा पनि ३ जनामा भेटियो
By kit
2 मिनेट पढाइ