<p><b>माघ २३, काठमाडौँ । </b>नेपालमा पछिल्लो २४ घण्टामा एक सय पाँच जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा दुई हजार सात सय ९९ जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना पुष्टि भएको हो ।<br></p><p>योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार सात सय सात पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार पाँच सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।</p><p>यस्तै थप दुई जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३५ पुगेको छ । हाल नेपालमा दुई हजार एक सय आठ जना सक्रिय सङ्क्रमित रहेका छन् भने,सक्रिय सङ्क्रमितमध्ये ६४ जनाको आईसीयू र १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।</p>
२४ घण्टामा १०५ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या कति पुग्यो ?