पढ्न करिब 1 मिनेट लाग्छ

माघ २५ , काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै आयोगलेउक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत उपलब्ध गराउन समेत सरकारसँग आग्रह गरेको हो ।

आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको जनाएको छ । आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।