२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुल्चोकी जंगलमा घुम्न गएर हराएका ९ जनाको प्रहरी द्वारा सकुशल उद्धार

२०७७, २ फाल्गुन आईतवार ०९:५१

फागुन २, काठमाडौँ । ललितपुरको गोदावरी स्थित फुल्चोकी डाँडामा घुम्न गएर हराएका ९ जनाको प्रहरीले सकुशल उद्दार गरेको छ । शनिबार घुम्न गएका ९ जना व्यक्ति हराईरहेको भन्ने जानकारी प्राप्त हुने हुनासाथ महानगरीय प्रहरी प्रभाग लाकुरीभञ्ज्याङ ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई अलपत्र अवस्थामा महालक्ष्मी नगरपालिकका वडा नं. १० मानेदोभानबाट उद्दार गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका घर भई हाल जिल्ला काठमाण्डौ शान्तिनगर २५ बस्ने बर्ष २० को पारस ऐर,सोहि ठाउँका २० बिकाश जोशी, आर्यन के.सी. बर्ष २१ को सुदिप राज जोशी, बारा निजगढ घर भई हाल तिनकुने बस्ने बर्ष २१ को प्रशान्त पौडेललाई उनीहरुका आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

यस्तै दार्चुलाको मार्मा गाउँपालिका घर भई हाल जिल्ला काठमाण्डौ किर्तिपुर १८ बस्ने बर्ष २० को रबिन्स ओझा, सिराह मिरचैया ५ घर भई हाल जिल्ला काठमाण्डौ शंखमुल ३१ बस्ने बर्ष २० को विवेक शाह, जिल्ला मोरङ उर्लाबारी २ घर भई हाल जिल्ला काठमाण्डौ शंखमुल बस्ने बर्ष २० को आर्यन थापा,पाल्पा घर भई हाल जिल्ला काठमाण्डौ तिनकुने बस्ने बर्ष २० को प्रविन पन्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित