२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालुवाटारले दिएको दियै, खुमल्टार हेरेको हेर्‍यै

२०७७, ५ फाल्गुन बुधबार ०२:१३

फागुन ५, काठमाडौं । सत्तारुढ नेकपाको रमिता कस्तो भने, एउटा समूह आन्दोलनमा छ । जिम्मेवारीहरु पहिला जे–जे थिए, त्यही–त्यही छ । अर्को समूह सरकारमा छ । आफ्नो पक्षमा खुलेका मान्छेहरुलाई छानीछानी कमिटीमा राख्दै वडा र टोल कमिटीसम्म बनाउन भ्याइसक्यो ।

सामान्यतया आन्दोलन चलाइरहेको पार्टीका लागि जिम्मेवारी दिनु र नदिनुको ठूलो अर्थ हुन्छ । तर, नेकपामा उल्टो भइरहेको छ । सत्तारुढ समूहचाहिँ भएका पार्टी कमिटी फुटाउँदै आफ्ना मान्छे राख्न व्यस्त छ । पार्टी एकताको तीन वर्षदेखि बेरोजगार बनेको पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका कार्यकर्तामध्ये अहिले एकथरि वडा कमिटीबाट सीधै केन्द्रीय कमिटीमा पुर्‍याइएका छन् । प्रचण्ड–माधव समूहमा कदका हिसाबले ठुल्ठूला नेता छन् ।

तर, जिम्मेवारीविहीन । केपी समूहले सके सरकारी नियुक्ति, नसके पनि पार्टी, जनसंगठन, सम्पर्क मञ्चतिर हालेर मान्छे टिकाउँदैछन् । प्रचण्ड–माधव समूहका केही छोडेर करिव सबैजसो जिल्लामा कि संयोजक छैनन् कि सहसंयोजक छैनन् । तर, केपी पक्षले मागे–मागेअनुसार पद दिएर मान्छे टिकाएको छ । राजनीतिमा कतिपय विषयमा असहमति भएर पनि जिम्मेवारी पाउँदा इश्यु कोट्याएर नबस्ने मान्छेहरु हुन्छन् ।

त्यस्ता मान्छे सत्तारुढलाई भन्दा आन्दोलनकारीलाई बढी चाहिने हो । जस्तो कि, राष्ट्रिय युवा संघ पुनर्गठन गर्दा बादल समूहका युवाले आफूमध्ये एकजनालाई वरिष्ठ उपाध्यक्ष मागे । महेश बस्नेतहरुले दिन सकिँदैन भनेपछि भेला बहिष्कार गरे । फलतः पूर्वएमालेमात्रै राखेर युवा संघ गठन भयो । जिल्ला कमिटी सदस्य पनि नभएका ४५ जनालाई सीधै केन्द्रीय सचिव बनाइयो । अखिलमा पनि त्यही शैलीमा पुनर्गठन भएको छ । अनेमसंघमा पूर्वमाओवादीकी अमृता थापामगर अध्यक्ष थिइन् । अहिले उनीसहित सबै पूर्वमाओवादी र त्यो समूहमा लाग्नेलाई निकालेर आफ्ना मान्छेले भरिएको छ । यसरी सबै जनसंगठन एकलौटी बनिसक्यो ।

ओलीपक्षीय पत्रकारका नेताहरु राजेन्द्र अर्याल, प्रमोद दाहाल, बालकृष्ण बस्नेत, उजिर मगर, गणेश बस्नेतहरु प्रदेश–प्रदेशमा भेला गर्दै हिँडेका छन् । उनीहरु पत्रकार महासंघ, सामुदायिक रेडियो प्रशारक र व्यवसायिक रेडियोको नेतृत्वमा मान्छे छान्न कस्सिएका छन् ।

प्रचण्ड–माधव समूहका पत्रकार संगठन न मान्छे थप्न तम्सिएको छ, न पार्टी नेतृत्वमा रिक्त पदहरु पूर्ति गर्न सकेको छ । जीवनभर केपी ओली भनेर पत्रकारिता गरेका शम्भु श्रेष्ठ पनि प्रचण्ड–माधव समूहमा प्रष्टैसँग लागेका छन् । उनलाई कतै समेटिएको छैन । ओलीपक्षीय पेशागत जिल्ला कमिटी ३ सय १५ सदस्यीय बन्यो । अध्यक्ष विश्वनाथ प्याकुरेललाई हटाएर शिक्षक पृष्ठभूमिका बाबुराम अधिकारीलाई अध्यक्ष बनाइएको छ । तर, प्रचण्ड–माधव समूह पूर्वमाओवादी र पूर्वएमालेको भाग मिलाउन नसकेर त्यसै लन्ठिएको छ ।

केपी पक्ष धमाधम जिल्ला, नगर कमिटीहरु बनाउँदै छ । प्रायः सबै जिल्लाका सम्पर्क मञ्चमा आ–आफ्ना मान्छे राख्ने काम भइसकेको छ । प्रधानमन्त्रीको  गृहजिल्ला झापाली सम्पर्क मञ्चमा तुलसी मैनाली अध्यक्ष थिए । उनलाई हटाएर उपाध्यक्षलाई अध्यक्ष बनाइएको छ ।

तेह्रथुमको सम्पर्क मञ्चमा शिवमाया तुम्वाहाम्फे उपसभामुख हुँदाका स्वकीय सचिव केदार न्यौपानेलाई अध्यक्ष बनाइयो । सचिव पर्यटनमन्त्री भानुभक्त ढकालका स्वकीय विष्णु खनाल बने । त्यसमाथि केपी समूहले माधव र झलनाथलाई हटाएको भनेको छैन । कानुनी रुपमा पूर्वएमाले एकै ठाउँ देखियोस् भन्नका लागि उनीहरुलाई नहटाए पनि प्रचण्ड–माधव समूहले केपीलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिदियो ।

भनिन्छ प्रचण्ड–माधव पक्षको बुझाई फरक छ । सर्वोच्च अदालतले संसद विघटन स्वीकार गरेन भने त्यसपछि भएभरका मानिस आफ्नै समूहमा आउँछन् । अहिले बनाउनुपर्ने मान्छेहरु त प्रशस्तै छन् । तर, यदि संसद बहाली भयो र सबै फर्किए भने उनीहरुलाई पुरानै पदमा राख्नुपर्ने हुनसक्छ । त्यो स्थितिमा भर्खरै जिम्मा दिइएकाहरुको पद खोस्नुभन्दा दिन ढिला गर्नुले नै जित्छ भन्ने बुझाई छ । तर, केपी पक्षचाहिँ संसद बहाली भए पनि प्रचण्ड–माधवहरुको पार्टीसँग मिलेर नजाने गरी काम गर्दैछ । उक्त समूहले भोलि एमाले नामको पार्टी चलाउनुपर्ने हुनसक्छ र जनसंगठनका नाम पनि पुरानै कायम हुन्छ भनेर कार्यकर्ता पंक्तिलाई भनेको छ ।आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो