२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाशिवरात्रिको तयारीः सूर्यघाटबाट आर्यघाटसम्म सफाइ

२०७७, २२ फाल्गुन शनिबार ११:०१

फागुन २२, काठमाडौँ | महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघाटसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ । 

पशुपति क्षेत्रलाई फोहोरमुक्त बनाउन वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा आज बिहान राममन्दिर अघि सफाइ गरिएको हो । सफाइबाट १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री भानुभक्त ढकालको समेत उपस्थिति थियो । 

सफाइ अभियानपछि मन्त्री ढकालले महाशिवरात्रिका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा राख्नुपर्नेमा जोड दिनुभयो । महाअभियानका प्रमुख अभियान पूर्वमुख्य सचिव लीलामणि पौडेल, शहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा, पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य देवीप्रसाद बराल, सफाइ अभियानकर्मी एवं कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डे, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकार, महानगरपालिका–८ का जनप्रतिनिधिलगायत कोषका कर्मचारी एवं अभियानकर्मी गरी ४०० भन्दा बढीको सक्रियता थियो ।

महाशिवरात्रिपछि फागुन २९ गते शनिबार पुनः पशुपतिनाथ मन्दिरको राममन्दिर प्राङ्गणमा सरसफाइ गरिने अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । 

यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथको उत्तर पश्चिमी भागमा पनि सफाइ गरिएको छ । विष्णुमती नदी माथिल्लो भाग सफाइको २७औँ हप्तामा त्यस क्षेत्रमा सफाइसहित नदी किनारमा फोहोर फालेमा कानूनी कारवाहीको दायरामा ल्याइने जानकारी गराइएको अभियानकर्मी रामकुमार श्रेष्ठले बताउनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत परे पनि निरन्तर हुँदै आएको छ । महाअभियान शुरु भएपछि वाग्मतीका सहायक नदी पनि सफाइ गर्न थालिएको छ । उपत्यकाबाहिर पनि मुख्य शहर, नदी गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

वाग्मती सफाइ महाअभिायनका विषयमा छलफल गर्न आज दिउँसो ४ बजे महानगरपालिका–११ विशेष बैठक बस्ने जनाइएको छ । बैठकमा महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत वाग्मती किनारका सबै शिवालयमा सफाइ गर्ने विषयमा छलफल गरिने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो