Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

महाशिवरात्रीमा काठमाडौँका यी रुटमा सवारी चलाउन रोक

By kit 2 मिनेट पढाइ

फागुन २६, काठमाडौँ । महाशिवरात्रीमा हुने भिडभाडलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १२ रुटमा बिहिबार सवारी प्रवेशमा रोक लगाएको छ । पशुपतिनाथ दर्शनको लागि आउने भक्तजनहरुलाई सहजताका लागि गौशाला आसपासका १२ रुटमा बिहिबार सवारी प्रवेशमा रोक लगाएको हो ।

महाशाखाले चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातपर्फ,तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फलगायतका १२ स्थानका रुटमा सवारी निषेध गरिएको जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सूचना जारी गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।