२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाही र रौतहट जोड्ने बनेन वाग्मती पुल आठ वर्षसम्म

२०७७, २८ फाल्गुन शुक्रबार ०७:०८

फागुन २८, सर्लाही । सर्लाही र रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य सम्पन्न नभएको हो । 

समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको हजरियाका गोविन्द पोख्रेलको गुनासो छ । सर्लाहीको हजरिया र रौतहटको समनपुर जोड्ने वाग्मती नदीमा निर्माण कार्य शुरु भएको करिब आठ वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्य सम्पन्न नहुदा स्थानीयले सास्ती खेप्नुपरेको अर्का स्थानीय रवीन्द्र महतोले गुनासो गरेका छन् । 

पूर्व–पश्चिम लोकमार्गबाहेक ४२ किलोमिटर दक्षिण नेपाली सीमासम्म वाग्मती नदीमा पुल नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । विसं २०६९ असार २६ गते रु ३२ करोड ७६ लाख ११ हजारमा एलाइट कन्स्ट्रक्सन काठमाडौँ जेभीले ६०० मिटर लम्बाइ भएको डबल लेनको पुल बनाउन सम्झौता गरेको थियो । 

सो पुलको तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधिले शिलान्यास गर्नुभएको थियो । एलाइट कन्स्ट्रक्सनले नेपाल सरकारको पुल डिभिजन महाशाखाबाट सम्झौता भएको करीब ३६ महिनामा पुलको निर्माण कार्य पूरा गर्ने लिखित सम्झौता गरेको थियो तर सम्झौता भएको करीब आठ वर्ष बितिसक्दा पनि पुल निर्माण काम पूरा नहुँदा त्यस भेगका स्थानीयले समस्या झेल्नुपरेको रौतहटको गढीमाई नगरपालिकाका रामपुकार यादवले बताएका छन् । 

निर्माण कम्पनीले कहिले मधेश आन्दोलन, कहिले बाढी त कहिले कोरोना भाइरसलगायतका विभिन्न बहाना बनाई निर्माण कार्य निर्धारित समयभन्दा करीब पाँच वर्ष ढिलाइ गरेको थियो । अझै निर्माण पूरा गर्न दुई वर्ष लाग्ने ठेकेदार कम्पनीले बताएको समनपुरका बासिन्दा जब्बार मियाँले बताएका छन् । 

चारपटक म्याद थप भइसकेको हुँदा अन्तिमपटक विसं २०७८ असार मसान्तसम्म मात्रै म्याद रहेको बताउँदै कछुवा गतिमा भइरहेको निर्माणको अवस्था हेर्दा अझै पुल करीब दुई वर्षमा पनि पुल निर्माण हुने अवस्था नदेखिएको मियाँले  बताएका छन् ।

पत्रकारमाथि आक्रमण

नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका उपाध्यक्ष बख्तियार अलीमाथि आक्रमण भएको छ । बिहीबार साँझ भएको आक्रमणबाट उपाध्यक्ष अलीको शरीरभरि निलडाम तथा चोट लागेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले जनाएको छ । मलङ्गवा नगरपालिका–१० को आफ्नै घरमा एभिन्युज टेलिभिजन सर्लाही संवाददाता तथा महासङ्घ सर्लाहीका उपाध्यक्ष अलीमाथि सङ्घातिक आक्रमण हुँदा अलीको टाउँकोदेखि खुट्टासम्म चोट लागि गम्भीर घाइते भएका उनको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । 

उपाध्यक्ष अलीमाथि उनको आफ्नै घर अगाडि मोटरसाइकल रोकी उनका आफ्नै भाइले अन्धाधुन्ध आक्रमण गरेको स्थानीयवासीले बताएका छन् । उपाध्यक्ष अलीले आफूमाथि पटकपटक आक्रमणको प्रयास गरेको बताएका छन् । शारीरिकबाट विभिन्न भागमा दर्जनभन्दा बढी टाँका लगाइएको अलीका परिवारजनले बताएका छन् । उनका कान्छा भाइले आक्रमण गरेको र उनी आपराधिक गतिविधिका रहनुको साथै लागुपदार्थ प्रयोगकर्तासमेत रहेकासमेत रहेका उनको परिवानरले बताएका छन् । दाजुमाथि आक्रमण गरी उनी फरार रहेका अलीका परिवारले बताएका छन् भने उनलाई यथाशीघ्र पक्राउ गरी आवश्यक कारवाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीसँग माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ