चैत ३, मड्रिड (रासस/एएफपी) । बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडी । लिओनेल मेसी सफल हुनुभएको छ ।

बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल पनि गर्नुभएको छ । होएस्काविरुद्धको स्पेनिश प्रिमिअर लिग खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गर्नुभएको थियो ।

बार्सिलोनाले ४–१ ले जितेको सो खेलपछि सो क्लब लिगको अङ्कतालिकामा दोस्रो स्थानमा पुगेको छ ।

समान २७ खेल खेलेको एट्लेको मड्रिडको ६३ अङ्क छ भने बार्सिलोनाको ५९ अङ्क छ । रिेयल मड्रिड भने ५७ अङ्कमाा सीमित रहेको छ ।

सन् २००४ देखि बार्सिलोनाका लागि खेल्न थालेका मेसीले क्लबबाट १० पटक स्पेनिश लिग र चार पटक च्याम्पियन्स लिग जित्नुका साथै अन्य २० विजेता ट्रफी जित्न सफल हुनुभएको छ ।

March 16, 2021
काठमाडौँ - KTM, समाज
मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम
By साझासवाल
2 मिनेट पढाइ