२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लागुऔषध भित्रिने क्रम बढ्यो

२०७७, ४ चैत्र बुधबार ०८:४७

चैत ४, काठमाडौं । काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत मुलुकमा पछिल्लो समयमा राजनीतिक आन्दोलनलगायत घटनाक्रम नभएकाले प्रहरीले आपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रिय हुन पाउँदा यसमा उपलब्धि हासिल भइरहेको बताउनुहुन्छ । उहाँका अनुसार अन्य आपराधिक गतिविधि चोरीठगी गर्ने व्यक्तिसमेत धमाधम पक्राउ परिरहेको जानकारी दिनुभयो । प्रहरीले लागुऔषध कारोवारी सक्रिय भएको आशङ्कामा नाका र सम्भावित जोखिम क्षेत्र पहिचान गरी सुरक्षा सतर्कतासमेत बढाएको जनाएको छ ।

प्रहरीले काठमाडौँको नाका नागढुङ्गाबाट ठूलो परिमाणमा लागुऔषधसहित १३ वर्षका बालकलाई पक्राउ गरेको थियो । फागुन अन्तिम साता रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नंको बसमा सवार उनको झोलाबाट एक हजार ९०० एम्पुल लागुऔषध भेटिएको थियो । उनको झोलामा डाइजेपान ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको थियो । यसरी लागुऔषध उनले आफैँले ल्याएको नभई उनलाई कसैले प्रयोग गरेको हुन सक्ने प्रहरीले जनाएको छ । यद्यपि उनको विषयमा प्रहरीले अनुसन्धान जारी रोखेको छ ।

यही चैत २ गते काठमाडौँ महानगरपालिका–४ स्युचाटारबाट सोलुखुम्बु आङ्गु शेर्पा पनि दुई हजार ३७५ एम्पुल लागुऔषधसहित पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा उनलाई फेला पारी कोठा खानतलासी गर्दा उनका साथबाट डाइजेपाम ८११ एम्पुल,फेनारगन ७८४ एम्पुल, नुरफिन ६०० एम्पुल १७९, लुपुजेपाम १७९ एम्पुल र नाइटेजेपाम एक हजार २०० एम्पुल बरामद गरेको छ । 

यही चैत ३ गते पनि भारत मोतिहारीका सुवासकुमार यादव र पम्पु यादवबाट प्रहरीले एक हजार ४९० एम्पुल लागुऔषध बरामद गरेको छ ।  उनीहरू पनि अनुसन्धानको दायरमा छन् । पछिल्लो समयमा ठूलो परिमाणको लागुऔषधसहित मानिस पक्राउ परिरहेका छन् । यी त प्रतिनिधि घटना मात्र हुन् । उक्त घटनाले काठमाडौँको उपत्यकामा लागुऔषध भित्रिने मात्रा बढेको देखिएको छ । 

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर प्रहरीले सक्रियता देखाएकाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ पर्न थालेको बताउनुहुन्छ । यसअघि कोभिडका कारण प्रहरीले पनि सक्रियतापूर्वक काम गर्न नसकिरहेका बेला कोभिड सङ्क्रमण नियन्त्रणतर्फ गएकाले प्रहरीले अन्य आपराधिक क्रियाकलाप नियन्त्रणमा केन्द्रित हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ