चैत ५, काठमाडौं । सुर्खेतको लेकबेसीँ नगरपालिका–२ र दैलेखको एक घरमा केही दिनअघि परेको चट्याङले घर, गोठ तथा पशुचौपाया जल्यो । त्यसको एक दिनअघि सुर्खेतकै सिम्तागाउँको गोठमा चट्याङ पर्दा ओत लागेका एक व्यक्ति घाइते भए ।

ताप्लेजुङ र सिन्धुलीमा चट्याङ पर्दा एक जना घाइते भए भने धनमाल जलेर नष्ट भयो । अहिले पूर्व–मनसुन सुरु भएसँगै मेघ गर्जन र चट्याङ पर्ने घटना बढ्दै गएको छ। अझै करिब एक साता बदलीकै अवस्था रहने हुँदा मेघ गर्जन र चट्याङ बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै छ । पूर्वमनसुनको प्रकृतिअनुसार मध्याह्नपछि बदलीसँगै वर्षा हुने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ ।

कालो बादल देखिए पनि कडा खालको वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

March 18, 2021
काठमाडौँ - KTM, समाज
चट्याङको पूर्वानुमान गर्नै कठिन
By साझासवाल
2 मिनेट पढाइ