Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना संक्रमण,मृतकको संख्या कति ?

By kit 2 मिनेट पढाइ

<p><b>चैत ९, काठमाडौँ । </b>नेपालमा पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको ४४ सय ७२ पिसिआर परिक्षणमा १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।&nbsp;<br></p><p>योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसहित कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको छ ।</p><p>२४ घन्टामा नेपालमा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको मन्त्रालयको तथ्यांक छ ।&nbsp; हालसम्म&nbsp; ५१ जना क्वारेन्टाइनमा र १ हजार १७ जना आइसोलेसनमा छन्।</p>