२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा हराएका ३० मोटरसाइकल फेला, चोरीमा संलग्न दुई जना पक्राउ

२०७७, ९ चैत्र सोमबार १५:५१

चैत ९, काठमाडौँ (रासस) । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० मोटरसाइकल फेला पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।

महाशाखाले दुई हप्ताको समयमा १९ मोटरसाइकल र ११ स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिँदै आएको बताउनुभयो । “उपत्यकामा हराएका मोटरसाइकल बरामदका लागि सादा पोशाकमा विशेष ट्राफिक प्रहरी परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो । 

महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउसमेत गरेको छ । महाशाखाले गोलढुङ्गाका अशोकमानसिंह कुँवरको हराएको बा९२प ९१३३ नंको बुलेट बाइक चोरीमा संलग्न नुवाकोटका ३० वर्षीय बिमल गुरुङ र मोरङका आशिष खत्रीलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले उपत्यकाको भक्तपुर, काँडाघारी,  माछापोखरी, गोकर्णेश्वर, टोखा, नयाँबसपार्कबाट हराएको मोटरसाइकल बरामद गरेको जानकारी दिनुभयो । महाशाखाले चालू आर्थिक वर्षमा ३३१ हराएका मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई बुझाइसकेको छ भने चोरीमा संलग्न ४५ जनालाई पक्राउ गरी प्रहरीका विभिन्न वृत्तमार्फत मुद्दा चलाएको छ । 

रु बीस लाख जरिवानाका फरार पक्राउ 

नेपाल प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले २०७७ मङ्सिर ८ को उच्च अदालत पाटनको फैसलाअनुसार १५ दिन कैद सजाय र रु २० लाख जरिवाना ठहर भएपछि फरार रहेका ललितपुरको नखिपोट बस्ने ४१ वर्षीय पूर्ण लामालाई आइतबार ललितपुरको जावलाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले दुर्गामान मोक्तानलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर सानीमा बैंक लिमिटेडको चेक दिएर बैंकिङ  कसूरजन्य अपराध गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।

उच्च अदालतले पक्राउ लामालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उक्त फैसला गरेको थियो । पक्राउ लामालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको प्रवक्ता पन्तले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ