Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतले लगायो नेपालमा प्रयोग भइरहेको आस्ट्राजेनेका खोपको निर्यातमा रोक

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १२, काठमाडौँ । भारतले कोरोना भाइरस बिरुद्धको अक्सफर्ड-आस्ट्राजेनेका खोपलाई निर्यातमा अस्थायी रोक लगाएको छ । पछिल्लो समय भारतमा फेरि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले खोप भारतमै आवश्यक पर्ने भएकाले निर्यातमा रोक लगाएको हो ।

जुन खोप नेपालमा पनि प्रयोग भइरहेको छ । गत महिना पहिलो चरणको खोप अभियान अन्तर्गत भारतले अनुदान दिएको र सरकारले सोहि कम्पनीले निर्माण गरेको खोप खरिद गरेको हो । भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले थुप्रै देशमा आस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ ।

भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ। यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने छ। विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको यो योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँडियोस् भन्ने उद्देश्य राखेको छ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड-आस्ट्राजेनेकाकै खोप रहेको छ । भारतमा बुधबार यो वर्ष सम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । त्यसकारण खोप निर्यातमा रोक लगाइएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले पनि अधिकारीहरूले माग बढ्ने बताएका छन्।-बिबिसी