चैत १९, ब्राजिलिया (रासस/एएनआई) । कोरोनाभाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूले बुधबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा तीन हजार ८६९ जनाको मृत्यु भएको हो ।

योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या तीन लाख २१ हजार ५१५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

धेरै सङ्क्रमित रहेको देशहरूको सूचीमा दोस्रो क्रममा रहेको ब्राजिलमा अहिलेसम्म एक करोड २७ लाख ४८ हजार ७४७ जना सङ्क्रमित भएका छन् ।

तीमध्ये ९० हजार ६३८ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।

ब्राजिलमा एकैदिन ३८ सयभन्दा बढीको मृत्यु
Leave a Comment