२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बडुखोला र भण्डारी मूलको पानी टोखा पुर्‍याइने

२०७७, २० चैत्र शुक्रबार ०८:५४

चैत २०, काठमाडौँ । टोखा नगरपालिकाले बडुखोला र भण्डारी मूलको पानी नगरवासीको घरसम्म पुर्‍याउने भएको छ । नगर क्षेत्रभित्रका बासिन्दालाई स्वच्छ खानेपानी पु¥याउने लक्ष्यअनुसार टोखा नगरपालिका–१ मा रहेको बडुखोला र भण्डारी मूलको पानीलाई जनताका घरघरमा पुर्‍याउन लागिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बडुखोला र भण्डारी मूलको पानीलाई ट्याङ्कीमा जम्मा गरेर घरघर पुर्‍याउन लागिएको बताउनुभयो । “बडुखोला र भण्डारी मूलको पानी व्यवस्थित गरेसँगै टोखा वडा नं १, २ र ३ का जनतालाई खानेपानीका लागि सहज हुनेछ”, उहाँले भन्नुभयो । 

उक्त पानीलाई तारकेश्वर नगरपालिकामा समेत लैजान लागिएको छ । तारकेश्वर नगरपालिकाको उत्तरी क्षेत्रका जनतालाई खानेपानी पुर्‍याउन लागिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । टोखा नगरपालिकाले उक्त पानीलाई टोखा र तारकेश्वरमा लैजानका लागि सर्भेको काम अगाडि बढाएको छ । 

टोखा र तारकेश्वरको उत्तरी क्षेत्रमा पानीको प्रशस्त स्रोत भए पनि दक्षिण क्षेत्रका बासिन्दालाई भने मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण गर्न लागिएको छ । गोंगबु, धापासी, नेपालटार क्षेत्रमा मेलम्चीको पानी लैजानका लागि पाइपलाइन खन्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु