चैत २५, काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना संक्रमित हुनेहरुको संख्या बढेको छ । २४ घण्टामा २९८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ७ सय ६८ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ७८ जना कोरोना मुक्त भएका छन् । यो सहित नेपालमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख ७३ हजार ५ सय २९ पुगेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा २ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यो सहित हाल सम्म ३ हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ ।

April 7, 2021
काठमाडौँ - KTM, समाज
कोरोना संक्रमित बढे, २४ घण्टामा २९८ जनामा संक्रमण
By kit
2 मिनेट पढाइ