पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>वैशाख २, काठमाडौँ |</b> प्रि–मिनसुन गतिविधि सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हावाहुरी चलेको छ ।<br></p><p>मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमको केही भागमा मेघ गर्जनसहित हावाहुरी चलेको छ । ‘यो प्रि–मनसुन एक्टिभिट छोटो हुन्छ’ उनले भनिन्, ‘मेघ गर्जन/चट्याङसहित वर्षा गराउने बादल उत्तर पूर्वतिर सर्दै गएको छ । नेपाल पार गरेपछि यता गतिविधि हुँदैन ।’</p><p>उनका अनुसार एक डेढ घण्टा यस्तो हुन्छ । हल्ला वर्षा भएपनि ठूलो वर्षाको सम्भावना छैन । प्रदेश २ र लुम्बिनीमा भने हावाहुरी चलेपनि ठूलो खालको छैन । </p>

