Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

By साझासवाल

बैशाख ७, काठमाडौं । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ ।

जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेकोमा हालसम्म परीक्षणकालीन लाइसेन्स वितरण गरिएको छैन,’ उनले भने, ‘चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गर्न लागेका हौं ।’

सवारी तथा यातायात व्यवस्था ऐन, चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा उत्तीर्ण भएकालाई लाइसेन्स दिने व्यवस्था गरेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था ऐनले गरेको छ ।

ऐनको दफा ५० मा परीक्षा पास गरेका चालकलाई लाइसेन्स उपलब्ध गराउने व्यवस्था छ । ऐनको दफा ५१ मा शुरूको १ वर्ष लाइसेन्सको परीक्षण काल रहने बताइएको छ ।

आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।