वैशाख ८, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुबाट ९ हजार रुपैंया असुलेर नक्कली पिसिआर रिपोर्ट बनाउने एक ल्याबमा प्रहरीले छापामारेको छ । मंगलबार काठमाडौँको सिनामंगल स्थित सूर्या हेल्थकेयर प्रा.लिमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले छापामारेको हो ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागी आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोके भन्दा अत्याधिक रकम लिई स्वाबको नमुना समेत नलिई एक-दुई घन्टा भित्रमा नै नक्कली पिसिआर रिपोर्ट दिने गरेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।

प्रहरीले सूर्या हेल्थकेयर प्रा.लिबाट जारी भएका स्वाब संकलन तथा परीक्षण नै नगरी पिसिआर रिपोर्ट नेगेटिभ उल्लेख भएका ४ थान नक्कली परीक्षण रिपोर्ट,व्यवस्थापन प्रमुख खेलानन्द प्रसाद सिंह सहित ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गौरादह स्थायी घरभएका ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी,सप्तरी राजबिराजका ३२ वर्षीय प्रमोद कुमार यादव,महोत्तरी गौशालाका प्रदिप कुमार गिरी,महोत्तरी सोनामका अमन कुमार यादव रहेको प्रहरीले जनाएको छ ।

यस्तै मोरङ बिराटनगरका वजेश पोख्रेल,महोतरी गौसालाका बादल मिरिङ छिङ, दोलखा बैतेश्वरीका सरोज क्षेत्री र सप्तरी मध्यपुराका डा.खेलानन्द प्रसाद सिंह रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का ऐजेन्टहरुले सेवाग्राहीसंग पिसिआर परिक्षण शुल्क प्रतिव्यक्ति ९ हजार लई सूर्या हेल्थकेयर प्रा.लि.संगको मिलेमतोमा बिना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाई दिने गरेको पाइएको हो ।

प्रहरीका अनुसार कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिईएको छ । उनीहरु माथि थप अनुसन्धानको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु प्रतिनिधिको रोहबारमा सूर्या हेल्थकेयर प्रा.लिको सेवा हाल लाई बन्द गरिएको छ ।

April 21, 2021
काठमाडौँ - KTM, समाज
वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट ९ हजार लिएर नक्कली पिसिआर रिपोर्ट !
By kit
4 मिनेट पढाइ