२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्तिजन्य उद्योगसँग सहकार्य नगर्न अपिल

२०७८, १० बैशाख शुक्रबार ११:५८

वैशाख १०, काठमाडौँ  स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाले सुर्तिजन्य उद्योगसँग कुनै पनि सहकार्य नगर्न अपिल गरेका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र र स्वास्थ्य अधिकारी तथा सुर्ती नियन्त्रण सञ्जाल, क्यान्सर काउन्सिल नेपाल, क्यान्सर सोसाइटी नेपाल, एक्सन नेपाललगायत स्वास्थ्य संस्थाले आज अपिल जारी गर्र्दै सुर्तिजन्य उद्योगसँग कुनै सहयोग, सहकार्य नगर्न अनुरोध गरेका छन् । 

अपिलमा सामाजिक उत्तरदायित्वका नाममा सुर्तिजन्य उद्योगबाट कुनै पनि सहयोग नलिनसमेत आग्रह गरिएको छ । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानूनअनुसार सुर्तिजन्य उद्योगले आफ्नो प्रचारप्रसारका लागि कुनै पनि सङ्घसंस्थालाई सहयोग गर्न नपाउने बताउनुभयो । 

अपिलमा सुर्तीजन्य पदार्थ, नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ को दफा १० ले सुर्तिजन्य उद्योगले कुनै पनि प्रकारको विज्ञापन तथा प्रयोजन गर्न नपाउने तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन निर्देशिका–२०७१ को परिच्छेद ३ को दफा २० को उपदफा ६ मा सार्वजनिक निकायका पदाधिकारीले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्नेलगायतका कुनै गतिविधि वा कार्यक्रममा सुर्ति उद्योगको सहयोग, सहभागिता र सहकार्य स्वीकार्य गर्नुहुँदैन भन्ने उल्लेख छ । 

चन्दले केही सङ्घसंस्थाले सुर्तिजन्य उद्योगले सामाजिक उत्तरदायित्वका नाममा आफ्नो प्रचार गर्ने उद्देश्यले लगानी गरिरहेको जानकारी दिनुभयो । “सुर्तीजन्य उद्योगले कर बुझाउँछन्, ती उद्योगले सामाजिक उत्तरदायित्वका नाममा कतै सहयोग र सहकार्य गर्न पाउँदैनन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ