Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतमा कोरोना संक्रमणको सुनामी, एकै दिन दुई हजार ७६७ जनाको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १२, नयाँदिल्ली | भारतमा एकै दिन ३ लाख ४९ हजार बढी कोरोना संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र यति धेरै संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यो अहिलेसम्मकै बढी हो ।

त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ७ सय ६७ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९२ हजार ३ सय ११ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ६९ लाख ६० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४० लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख ८२ हजारभन्दा बढी छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा मात्र ७४ हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा देखिएको कोरोनाको पछिल्लो लहरलाई दिल्ली उच्च अदालतले त 'सुनामी' को संज्ञा दिएको छ ।