Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि

By साझासवाल 2 मिनेट पढाइ

<p><b>वैशाख १४, काठामाडौं । </b>ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।&nbsp; कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।&nbsp;&nbsp;<br></p><p>मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उहाँकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो&nbsp; । हाल मन्त्री रायमाझीसहित सबैको स्वास्थ्यावस्था सामान्य रहेको निजी सचिवालयले जनाएको&nbsp; छ । अस्पताल भर्ना हुँदा जोखिम कम भएकाले उहाँलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ । गृहजिल्ला अर्घाखाँचीबाट काठामाडौं आएपछि&nbsp; उहाँलाई कोरोनाको लक्षण देखा परेको थियो&nbsp; । रासस&nbsp;</p>