२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा

२०७८, १५ बैशाख बुधबार ०२:२०

बैशाख १५, काठमाडौं । काठमाडौं । गतवर्ष कोरोना महामारीका कारण अस्तव्यस्त भएर विस्तारै उठ्न थालेको वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा पर्ने देखिएको छ । संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र संक्रमितको संख्यालाई ध्यानमा राखी रोजगार गन्तव्य मुलुकले नेपाललाई पनि ‘रेड जोन’मा राख्ने खतरा बढेको हो ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले गतवर्षको लकडाउनले श्रमबजारलाई अस्तव्यस्त बनाएको र पछिल्ला दिनमा संक्रमण बढेपछि लागू गरिने निषेधाज्ञा÷लकडाउन लगायत कारण यो क्षेत्र थप संकटमा पर्ने बताए ।

अहिले हजारौंको संख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा जान प्रक्रिया अघि बढेकोमा कोभिडको बढ्दो संक्रमणले अनिश्चित बन्न सक्ने उनले बताए । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए ।

संघका महासचिव सुजित श्रेष्ठका अनुसार अहिले पनि मलेशिया, साउदी अरब र दुबईमा नेपाली कामदार जान पाइरहका छैनन् । साउदी अरब, कतार, ओमन र मलेशियामा कामदार पठाउनेबारे अहिले म्यानपावर कम्पनीले लबिङ गरिरहेका छन् । त्यसैले छिट्टै ठूलो संख्यामा नेपालीहरू पठाउने तयारी छ । कोरोना रोकथामका लागि चालिएका कदमका बीच नेपालीलाई सुरक्षित तवरले विदेश पठाउन सरकारले सहजीकरण गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

बुधवार वैदेशिक रोजगार विभागका महानिर्देशक संयोजक रहेको सहजीकरण समितिको बैठक समेत बस्दै छ । उक्त समितिको सिफारिशमा बुधवार साँझसम्म निषेधाज्ञाका बीच वैदेशिक रोजगारीमा नेपालीलाई पठाउनेबारे श्रम मन्त्रालयले उचित निर्णय लिने अपेक्षा व्यवसायीको छ ।

यो समाचार आजकोआर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा