२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राकृतिक रुपमा नै अक्सिजन बढाउन के गर्ने ?

२०७८, २१ बैशाख मंगलवार ०२:१६

बैशाख २१, काठमाडौं । श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार फोक्सोको सबभन्दा गह्रौं भाग हाम्रो पछिल्तिर हुन्छ । 

त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ भने घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्न गई फोक्सोका विभिन्न भाग सक्रिय हुन पाउँछ । यस्तै गिलासको पानीको सहायताले पनि अक्सिजनको मात्रा बढाउन सकिन्छ । डा. पाण्डेका अनुसार यसका लागि सुरुमा गिलासमा पानी राख्नुपर्छ र मुखमा बाहिरको हावा भर्नुपर्छ ।

त्यसपछि गिलासको पानीमा विस्तारै मुखको हावा छोड्ने गर्दा अक्सिजनको मात्रा बढाउन सकिन्छ ।

यता कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा. अमितमान जोशीले वैज्ञानिक रूपमै पुष्टि भइसकेका श्वासप्रश्वास विधि घरमा आइसोलेसनमा बसेका सबैले अपनाउनुपर्ने बताउँछन्। 

उनी भन्छन्, “शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्छ । यसका लागि अनुलोम विलोम पनि एउटा उपाय हुन्छ । ” अनुलोम विलोममा पलेँटी कसेर मेरुदण्ड सीधा पारेर बसेपछि नाकका दुई प्वालमध्ये एकबाट हावा लिएर दोस्रोबाट छोड्नुपर्ने सुझाव उनको छ ।

प्लास्टिक झोलाको माध्यमबाट पनि श्वासप्रश्वासमा सजिलो हुन्छ । उनी भन्छन्, “प्लास्टिकको झोला फुक्ने र श्वास लिने गर्दा पनि राम्रो हुन्छ । ” कोरोना सङ्क्रमण भएपछि शरीरमा पानीको मात्रा कम हुन नहुने जानकारी दिँदै उनले पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको बताए ।

डा. जोशीका अनुसार झोलिलो खानेकुरा धेरै खाने, टुसा उम्रिएको चनाको झोल बनाएर खाने, ज्वानोको झोल, कुरिलोको झोल, मासुको झोल बनाएर खाँदा राम्रो हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि अक्सिजन आपूर्तिका लागि घोप्टो परेर सुत्न सल्लाह दिएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा