२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निषेधाज्ञाको बेला नेपाल आउँदै हुनुहुन्छ ? यी १३ नाकाबाट मात्र पाइन्छ

२०७८, २८ बैशाख मंगलवार ०५:५५

वैशाख २८, काठमाडौं । सरकारले भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका खुला गरेको छ । कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकोमा घर फर्किन चाहने नेपालीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत जानकारी दिएका छन् ।

अहिले देशभर ५८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । यसमध्ये भारतसँग जोडिएका अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा जारी रहेकोले ती जिल्लामा रहेका अन्तर्राष्ट्रिय सीमा नाका समेत बन्द थिए । सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णयसँगै ती सीमानाका खुला रहनेछन् ।

गत बिहिबार मध्यरातिदेखि चार्डर र उद्धार उडानबाहेक सबै अन्तर्राष्ट्रिय उडान समेत बन्द छन् । तर अहिले साताको दुई दिन राष्ट्रिय ध्वजाबाहक विमानले नेपाल–भारत उडान भर्दै आएको छ । यो नेपाल र भारतबीच भएको एयर बबल सम्झौता अन्तर्गत् जारी राखिएको सेवा हो । नियमित उठान नहुँदा अध्ययन, उपचार र व्यापारका लागि आउजाउ गर्न सहज होस् भनेर गत वर्ष नेपाल र भारतबीच एयर बबल सम्झौता भएको थियो । यो उडानमा नेपाल र भारतका नागरिकले मात्र यात्रा गर्न पाउँछन् ।

हवाई मार्गबाट आउन सम्भव नभएका नेपालीहरुलाई नेपाल फर्किन सहज होस् भनेर सरकारले स्थलमार्गबाट पनि नेपाल आउने बाटो खोलेको हो । परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार सुदूर पश्चिमबाट दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, र कैलालीको गौरीफण्टा नाकाबाट आवश्यक प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गर्न दिइने भएको छ ।

त्यस्तै, बाँकेको जमुनाह नाका, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया नाकाबाट पनि नेपाल प्रवेशको लागि अनुमति दिइएको छ । सीसीएमसीको निर्णय अनुसार नेपाल प्रवेशको लागि अनुमति दिइएका १३ नाकाहरुको नाम तल दिइएको छ ।

१. पुलाघाट – दार्चुला

२. झुलाघाट – बैतडी

३. गड््डा चौकी – कञ्चनपुर

४. गौरीफन्टा – कैलाली

५. जमुनाह – बाँके

६. कृष्णनगर –कपिलवस्तु

७. बेलहिया – रुपन्देही

८. वीरगञ्ज – पर्सा

९. गौर – रौतहट

१०. भित्तामोड –धनुषा

११.जोगबनी – मोरङ

१२. काँकडभिट्टा – झापा

१३. पशुपति नगर – इलाम

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा