Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एमाले अध्यक्ष ओली तेस्रोपल्ट प्रधानमन्त्री

By साझासवाल 3 मिनेट पढाइ

बैशाख ३१, काठमाडौं । कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो।

यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दलका नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति भण्डारीले बिहीबार बेलुका संविधानको धारा ७६ (३) बमोजिम एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

प्रधानमन्त्री ओलीले शुक्रबार शपथ लिने तय भएको छ। त्यससँगै ओलीले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने स्रोतले जनाएको छ। यस्तै ओलीले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई पनि सरकारमा आउन आग्रह गरेका छन्। ओलीले अब संविधानको धारा ७६ ९४० बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

ओलीले यसअघि प्रधानमन्त्रीका रूपमा प्रतिनिधिसभामा विश्वासको मत गुमाएसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउन दाबी पेस गर्न बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन्। तर, उक्त समयावधिभित्र कसैको पनि दाबी पेस हुन नआएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

बिहीबार दिनभरको रक्साकस्सीबीच संयुक्त सरकार बन्ने वातावरण बनाउन विपक्षी दल असफल भएका हुन्। एमाले विभाजन अन्तिम घडीमा टर्दा विपक्षी गठबन्धनले बहुमत जुटाउन सकेन। कांग्रेस र माओवादी नेता एमालेको नेपाल पक्षको आशामा बहुमत जुटाउन लागेका थिए। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।