जेठ ३, काठमाडौं । काठमाडौँ महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ ।

कोरोना (को भिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देश गरेको हो ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति जारी गरी जे ठ २० सम्म सबै कक्षाको परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरि सक्न समेत निर्देश गरिएको जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

May 17, 2021
काठमाडौँ - KTM, समाज
असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र
By साझासवाल
2 मिनेट पढाइ