Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोरोना महामारीमा पत्रकारका समस्या सहजीकरण गर्न सीसीटी गठन

By साझासवाल 4 मिनेट पढाइ

जेठ ३, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारीमा पत्रकारहरुका समस्या समाधानका लागि सहजीकरण गर्न कोरोना केयर टिम (सीसीटी ) गठन भएको छ । प्रेस संगठन नेपाल प्रतिष्ठान प्रदेशको आइतबार बसेको बैठकले प्रतिष्ठान प्रदेशका सहसंयोजक रघुनाथ बजागाईंको संयोजकत्वमा पाँच सदस्यीय सीसीटी गठन गरेको हो ।

सीसीटीलाई संक्रमित पत्रकारहरुको सूचना संकलन र विवरण एकीकृत गर्ने, संक्रमितहरुलाई परेको समस्या बुझ्ने र समाधानका लागि नेपाल पत्रकार महासंघसंग समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

सीसीटीले कोरोनाका कारण समस्यामा परेका, अस्पतालमा अक्सिजन नपाएर अलमलमा परेका, कार्यक्षेत्रमा तलब नपाएर जिविकोपार्जनमा समस्या भएका, जागिरबाट बिनाकारण निकालिएका पत्रकारहरुको समस्या समाधानमा समेत सहजीकरण गर्ने प्रेस संगठन नेपालका उपाध्यक्ष गोविन्द (सचिन) रोकाले बताए । उनले समस्यामा परेका पत्रकारहरुलाई जस्तोसुकै सहयोगका लागि आफुहरु समन्वय गर्न तयार रहेको पनि बताएका छन् ।

बैठकमा प्रेस संगठन नेपालका उपाध्यक्ष कमल गिरीले पत्रकारहरु स्वमंले आफ्नो सुरक्षामा ख्याल गर्नुपर्ने बताए । साथै महामारीमा सहयोगका नाममा पैसा उठाएर दुरुपयोग गर्ने प्रवृतितर्फ पत्रकारहरुले चनाखो भएर कलम चलाउनुपर्नेमा जोड दिए ।

प्रेस संगठन नेपाल प्रतिष्ठान प्रदेशका इन्चार्ज बिदुर खड्काले सबै मिलेर मात्रै महामारीसंग जुध्न सकिने बताए । प्रतिष्ठान प्रदेशका संयोजक विरेन्द्र वलीले सीसीटीले पत्रकारहरुको समस्या सहजीकरणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने बताए ।

बैठकमा प्रतिष्ठान प्रदेशका पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, बाशुदेव शर्मा लगायत प्रतिष्ठान प्रदेशका सदस्यहरूको सहभागीता रहेको थियोे ।

बैठकले पत्रकारहरुलाई संक्रमित बिरामी र बिरामीका आफन्तलाई मनोवैज्ञानिक असर नपर्ने ढंगले समाचार सम्प्रेषण गर्ने विषयमा सचेत रहन र सुरक्षाका मापदण्ड अपनाएर पत्रकारिता गर्न पनि आग्रह गरेको छ ।