जेठ ७, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिए अनुसार गत २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ७ हजार ८९० जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् भने मृतकको संख्या ६ हजार २४ पुगेको छ ।

May 21, 2021
काठमाडौँ - KTM, समाज
पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि, १७७ को मृत्यु
By साझासवाल
2 मिनेट पढाइ