२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामान्य औषधिबाटै सङ्क्रमितलाई जोगाउन सकिने डा ह्योजुको दाबी

२०७८, ९ जेष्ठ आईतवार ०९:३२

अशोक घिमिरे । जेठ ९, काठमाडौँ (रासस) । कोरोना महामारीले विश्वभर बितण्डा मच्चाएको झण्डै डेढ वर्ष पुगिसकेको छ । एक वर्षअघिको भयावह अवस्थाबाट ओरालो लागेका मानिए पनि पछिल्ला केही समययतादेखि फेरि कोरोनाको नयाँ भेरियन्टले संसारभरका मानिसलाई गाँज्दै लगेको छ ।

पहिलो चरणको भन्दा दोस्रो चरणको सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको र बढी सङ्क्रामक रहेको चिकित्सिकहरुले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो अनुमान अनुसार विश्वभर करिब ८० लाख व्यक्तिको कोरोनाका कारण ज्यान गइसकेको छ । 

अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन । यसको कुनै ठोस उपचार पद्धति पनि फेला परेको छैन । विश्वका वैज्ञानिक र चिकित्सक यसको उपचारबारे अलमलमै छन् । चिकित्सकहरुले सङ्क्रमितमा देखिएको लक्षण अनुसार उपचार गरिरहेका छन् । 

सङ्क्रमित व्यक्तिमा ज्यादा जसो उच्च ज्वरो आउने, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । ‘भेरियन्ट’ कोरोना विषाणुबाट सङ्क्रमित कतिपय व्यक्तिमा अत्यन्तै गम्भीर तथा घातक लक्षणहरु देखापरेका छन् ।  

नयाँ भेरियन्टको सङ्क्रमण देखिएका व्यक्तिमा अक्सिनजको कमी हुने लक्षण पाइएको छ । अक्सिजनसहितको सघन उपचारको जोहो हुन नसक्दा कतिपय सङ्क्रमितले अनाहकमै ज्यान गुमाइरहेका छन् । नेपाललगायत छिमेकी भारतमा पनि अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएका समाचार सार्वजनिक भएका छन् । 

औषधि र उपचार पद्धति फेलापरिनसकेको भए पनि उच्च सावधानी र प्रचलनमा रहेका सामान्य औषधिको प्रयोगबाट सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सकिने उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ । लामो समय अमेरिकामा रहेर स्वास्थ्य अनुसन्धानमा जुटिरहनुभएका डा संजिव ह्योजुले अहिले आफूले गरेको अनुसन्धानबाट निस्केको निष्कर्ष अनुसार सङ्क्रमितलाई उपचार गर्न सुझाव दिइरहनुभएको छ । 

उहाँका अनुसार सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सामान्य खालका औषधिको प्रयोग नै प्रभावकारी देखिएको छ । डा ह्योजुले भर्चुअल माध्यमबाट बिरामीको उच्च रक्तचाप, पल्स र अक्सिजन परीक्षणका आधारमा क्लोेनिडाइन ट्याब्लेट ९लोनिड १०००, डेक्जामेथासोन ट्याब्लेड (डेक्जिन) र फामोटिडाइन ट्याब्लेड ९फाम–४००  प्रयोग गर्न सुझाइरहनुभएको छ । 

तीनै थरि औषधिको मूल्य अत्यन्त न्यून रहेको छ । उचित स्वास्थ्य सल्लाहको अभावमा सामान्य अवस्थाका सङ्क्रमितले पनि कडा र महङ्गो औषधि सेवन गर्न बाध्य हुने र त्यसबाट मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न आफूले सक्दो सहयोग गर्दैआएको उहाँ बताउनुहुन्छ । 

कुलेश्वरका शान्तश्री रत्न बज्राचार्य आफ्नो परिवारका सबै सदस्य सङ्क्रमित भए पनि डा ह्योजुको सल्लाह र उहाँले सिफारिश गरेका सामान्य औषधिको प्रयोगबाट विस्तार विस्तारै सङ्क्रमण मुक्त हुनसकेको बताउनुहुन्छ । केटाकेटी बाहेक परिवारका सबै सदस्यको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र अधिकाँश अक्सिजनसमेत दिनुपर्ने अवस्थामा पुगेपछि आत्तिएका उहाँहरुले डा ह्योजुले सिफारिश गरेका औषधिको सेवन गर्न थाल्नुभयो र त्यसैबाट कोरोना वीषाणुको सङ्क्रमणलाई जित्न सफल हुनुभयो । बज्राचार्य पहिले आफू सङ्क्रमण मुक्त हुनुभयो र त्यसपछि परिवारजनको स्याहारमा उहाँ लाग्नुभयो । बजाचार्यका वृद्धा आमाको देहान्त हुनुअघि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । 

डा ह्योजु अमेरिकाको सिकागो विश्वविद्यालयमा व्याक्टेरिया, भाइरस र इम्यून सिस्टममा विद्यावारिधिकाका लागि शोध गर्दै हुनुहुन्छ । कोरोना भाइरसमाथि गर्नुभएको गहिरो अनुसन्धान र यसको उपचारमा सङ्गालेको अनुभवको आधारमा डा ह्योजुले यी औषधिको सिफारिश गरिरहनु भएको छ जसमा नाम मात्रैको खर्च हुन्छ र खासै झण्झट बेहोर्नुपर्दैन । 

डा ह्योजुले ‘फ्रि अनलाइन हेल्थ क्लिनक नेपाल’ फेसबुक पेजमार्फत अनलाइनबाटै कोरोना सङ्क्रमितको अवस्था बुझ्ने र सुझाव दिने गरिरहनुभएको छ । आफ्नो सुझाव र औषधिको सेवनबाट थुप्रै सङ्क्रमित गम्भीर अवस्थामा पुग्नबाट जोगिएको डा ह्योजुको दावी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा