जेठ १६, हनोई (रासस/सिन्ह्वा) | भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ ।

भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दावी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् ।

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताउनुभयो । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।

सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाकरूप लिएको छ ।

May 30, 2021
काठमाडौँ - KTM, समाज
कोरोनाको नयाँ भेरिएन्ट हावाबाट पनि सर्न सक्ने, बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दावी
By साझासवाल
2 मिनेट पढाइ