जेठ १९, काठमाडौं । कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ। फंगसले निम्त्याउने कालो ढुसी ९म्युकरमाइकोसिस०बाट कोरोना संक्रमितकै ज्यान जान थालेको छ।

यसले बिरामीको आँखा, नाक र अनुहारमा गम्भीर असर गरिरहेको छ। कोरोना लागेका बिरामी निको हुने बेलातिर कालो ढुसीको संक्रमण हुने गरेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले संक्रमितमध्ये केहीको ज्यान गएको र केही उपचाररत रहेको बताए।कालो ढुसीको संक्रमणले नाक, आँखा र मस्तिष्कमा क्षति पुर्याउने चिकित्सक बताउँछन्।

मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार झन्डै एक दर्जन व्यक्तिमा कालो ढुसीको संक्रमण पुष्टि भएको छ। जसमध्ये सीमावर्ती नेपालगन्जमा तीन र वीरगन्जमा दुई जनामा पुष्टि भएको छ। काठमाडौंमा तीनवटा अस्पतालमा केही संक्रमितको उपचार भइरहेको छ। अन्नपूर्ण पोस्टमा यो समाचार छ ।

कोरोनामा मौका छोप्दै अर्को रोगको संक्रमण देखियो कालो ढुसी