जेठ २७, काठमाडौं । कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् ।

त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने संख्या १ सय ६३ प्रतिशत बढी छ ।

नेपालमा कोभिडको पहिलो लहर झन्डै १५ महिना (२०७६ माघ १० देखि) चलेको थियो । दोस्रो लहर २०७७ चैत अन्तिम सातादेखि सुरु भएको मानिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

June 10, 2021
काठमाडौँ - KTM, समाज
कोरोनाको दोस्रो लहर पहिलोभन्दा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक
By साझासवाल
2 मिनेट पढाइ