Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतमा ७० दिनपछि एकैदिनमा सबैभन्दा कम सङ्क्रमित

By साझासवाल 3 मिनेट पढाइ

जेठ २९, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट ७० दिनपछि  एकैदिनमा सवैभन्दा कम सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३३२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले अवस्था सकारात्मक हुदै गएको भन्दै खुशी व्यक्त गरेको छ ।

नयाँ सङ्क्रमितसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९३ लाख ५९ हजार १५५ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

कुल सङ्क्रमितमध्ये १० लाख ८० हजार ६९० जना अझै पनि सङ्क्रमित अवस्थमै रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

पछिल्लो एक दिनमा ४० हजार ९८१ जना कोरोनाभाइरसबाट सङ्क्रमण मुक्त भएको मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार दुई जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भई मृत्यु भएकाहरुको कुल सङ्ख्या तीन लाख ६७ हजार ८१ पुगेको छ ।

भारतमा अहिलेसम्म सङ्क्रमण मुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ७९ लाख ११ हजार ३८४ पुगेको अधिकारीहरुले जनाएका छन् ।

यसरी हेर्दा कुल सङ्क्रमित मध्ये ९५.०७ प्रतिशत सङ्क्रमण मुक्त भएको देखिएको छ ।