२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षाः नारायणीले खतराको तह नाघ्योे, मनाङका ३०० लाई सुरक्षित ठाउँमा सारियो

२०७८, १ असार मंगलवार १६:०२

काठमाडौँ, १ असार (रासस) ः मनसुन भित्रिएको चौथो दिनमा भारी वर्षासँगै मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण ठाउँठाउँको जनजिवन प्रभावित भएका छ ।

मुख्यगरी गण्डकी र लुम्बिनी प्रदेशमा बढी असर गरेको छ । सोही प्रदेशका विभिन्न पहाडी जिल्लामा भारी वर्षा हुँदा मुख्य नदी र सहायक नदीमा अप्रत्याशित रुपमा बाढी आएको छ । अन्य केही प्रदेशका सीमित क्षेत्रमा प्रभाव छ । 

केही जिल्लामा मानिसको मृत्यु भएको छ भने जोखिम क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । बाजुरामा बाढीले बगाएर दुईको मृत्यु भएको छ भने गोरखामा एक जना वेपत्ता भएको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ ।

मनाङको चामे बजार र तालगाउँमा बाढीले झण्डै एक दर्जन घरमा क्षति पुगेको छ । त्यस्तै दर्जनौँ घर डुवानमा भएको र सो क्षेत्रमा जोखिममा रहेका गरी तीन सय बढी मानिसलाई सुरक्षित ठाउँँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार आज सम्भव नभएपछि बाढी पहिरोबाट प्रभावित भएकालाई बुधबार हेलिकप्टरमार्फत राहत लैजाने तयारी गरिएको छ । 

पछिल्लो चौविस घण्टामा चितवन, नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा कास्की, म्याग्दीलगायत आसपासका जिल्लामा भारी बर्षा भएको अभिलेख छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेको छ । 

मुख्यगरी आज नारायणी, कालीगण्डकी, भेरी, र यसका सहायक नदी, पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका सहायक नदी र जलाधार क्षेत्रमा बहाब बढेको छ ।  वर्षाका कारण लम्जुङ कास्की, पर्वत, गोरखा, बाग्लुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, चितवन, परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला, मुस्ताङमा प्रभाव पारेको छ । बाढीले ठाउँठाउँका सडक भत्किएर क्षति पुर्याएको छ । कतिपय ठाउँ डुवानमा परेका छन् । केही भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।

यसपाली सरदर भन्दा बढी नै पानी पर्ने आंकलन गरिएकाले पनि बाढी पहिरोको जोखिम विगतको भन्दा बढी नै छ । प्राधिकरणले बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान सार्वजनिक गरिरकेको छ । सोही अनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको प्राधिकृणका प्रमुख अनिल पोखरेल बताउनुहुन्छ ।

हाल भारतको झारखण्डमा रहेको न्युन चापीय क्षेत्र र मनसुन न्युन चापीय प्रभावका कारण नेपालमा मनसुन सक्रिय रहेको छ । वर्षाले बेनी–जोमसोम सडकमा  क्षति पुगेको छ । मनाङको चामे गाउँपालिकाका विभिन खोलामा बाढी आएको छ । अविरल वर्षाले उद्धारमा कठिनाई भइरहेको जनाइएको छ ।

जिल्लाको हुलाक कार्यालय सेर्पुखोला जलविद्युत आयोजना र आमा समुहको भवनमा क्षति भएको जनाइएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार जिल्लामा बुढीगङ्गा र बुढीनन्दा नगरपालिकामा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ । सदरमुकाम जोड्ने सडक हिजोदेखि नै अबरुद्ध छ । बुढीनन्दा नगरपालिकामा पहिरोले एक घर भत्काएको जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो । गोरखाका प्रजिअ शालिग्राम शर्माले बाढीले बगाएर एक वेपत्ता भएको जानकारी दिनुभयो ।

नारायणीले खतराको तह पार गर्यो 

यता नारायणी नदीले अहिले साँझ ६ बजेबाट खतराको तह पार गरेको छ । उक्त नदीको जलाधार क्षेत्रमा आज मध्यान्ह् १२ बजे भारी वर्षा भएको थियो । नदीको जल सहत नौ मिटर नाघेपछि खतराको तह पार गरेको मानिन्छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार अपरान्ह् २ः३० मा जल सतहले सतर्कता तह पार गरेको थियो ।  अहिले पनि बहाब बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखा काठमाडौँले जनाएको छ । चितवन र नवलपरासीको नदी तटीय क्षेत्रका वासिन्दालाई बुधबारसम्मै सतर्क रहन भनिएको छ । —

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा