२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद्मा राजनीतिभन्दा ठूलो जनता हुन् : अध्यक्ष दाहाल

२०७८, ८ असार मंगलवार १५:३९

असार ८, चितवन (रासस) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को समयमा जनताको जीउ धन भन्दा ठूलो अरु नहुने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विपद्मा राजनीति भन्दा ठूलो जनता हुने बताउनुभएको हो ।

बाढिपहिरोमा परेका जनताको उद्धार र उनीहरुको व्यवस्थापनसँगै क्षति न्यूनिकरण पहिलो प्रथामिकतामा राखेर काम गर्नु पर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विपद्मा राजनीतिलाई दोस्रो प्रथामिकतामा राखेर काम गर्नु पर्छ ।” अहिले राजनैतिक समस्या भए पनि त्यो समाधानका लागि विभिन्न तरीकाले लागि परेको बताउँदै उहाँले यो सबै दोस्रो प्रथामिकता भएको बताउनुुभयो ।

नारायणी नदीले पारेको प्रभावको विषयमा बुझ्न यहाँ आउनु भएका दाहालले नारायणी नदीको जोखिम अझै कायम रहेको र यसलाई समयमानै व्यवस्थापन गर्न नसकिए ठूलो क्षति हुने बताउनुभयो । नियन्त्रणको काम भइरहेको समयमा बाढी आएर काम अधुरै छोड्दा जनतामा त्रास वढेको उहाँको भनाई थियो । अहिलेको व्यवस्थापन कम्जोर भएको भन्दै उहाँले नारायणी नदीको फाईदा र जोखिमको आँकलन गर्दै काम अघि वढाउनु पर्ने जानकारी दिनुभयो ।  

नदी व्यवस्थापनका लागि निकुञ्ज ऐन तथा नीति संशोधन आवश्यक रहेको उहाँले बताउनुभयो  । उहाँले भन्नुभयो, “निकुञ्जको नीतिसँग सम्बन्धित नीतिहरु हिजोको आवश्यकतालाई मध्यनजर गरेर वनाईएका हुन । ती नीति, ऐनहरु वदलिएको परिस्थितिलाई हेरेर परिवर्तन आवश्यक छ ।”

फरक प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका दाहालले वर्तमान सरकारले चितवनलाई वेवास्ता गरेको गुनासो गर्नु भयो । उहाँले भन्नुभयो, “चितवनको विकास भयो भने प्रचण्डले जस पाउँछ भन्ने सरकारलाई लागेको छ ।”

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा विपद्को अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । कोरोना कहर देखि बाढी पहिरोको अवस्थाका बारेमा जानकारी गराउँदै उहाँले २९ हजार परिवार प्रभावित हुने अनुमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वाढीका कारण जिल्लामा ४६ हजार जनता र २९ हजार परिवार प्रभावित हुने देखिएको छ ।” खोज तथा उद्धारका लागि आवश्यक सामग्री अपुग रहेको उहाँको भनाई थियो ।

सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले कोरोना कहरका कारण आएको समस्याका बारेमा जानकारी दिनुभयो । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख रुकमाङ्गत खनालले नदी नियन्त्रणका लागि वनेको गुरु योजना अनुसार वजेट नआउँदा काम प्रभावकारी रुपमा गर्न नसकीएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै