२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी खारेजीको जोखिममा

२०७८, १० असार बिहीबार ०२:१८

असार १०, काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५ प्रतिशत कम्पनी जोखिममा परेका हुन् ।

विभागका अनुसार वैदेशिक रोजगार ऐनबमोजिम दर्ता भएका कम्पनी ८५४ रहेकामा ७३१ वटा खारेजीको जोखिममा छन् । हालको कानुनी व्यवस्थाअनुसार नवीकरण गर्न दिए करिब १५ प्रतिशत कम्पनी मात्रै वैधानिक रहनेछन् ।

विभागले वैदेशिक रोजगार ऐनअनुसार आव २०७६/७७ मा एक सय र २०७७/७८ एक सय श्रमिक पठाएको प्रमाणसहित दर्ता नवीकरणका लागि आह्वान गरेको छ तर १२३ वटा कम्पनी मात्रै पछिल्ला दुई आर्थिक वर्षमा दुईभन्दा बढी श्रमिक विदेश पठाउन सफल भएका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले ऐनअनुसार कागजात पूरा गर्न नसक्ने कम्पनीको नवीकरण गर्न नसकिने बताए । उनले भने, “ऐनमा एक वर्षमा एक सय श्रमिक पठाउन नसक्नेको स्वतः खारेजी हुने व्यवस्था छ, कि ऐन संशोधन हुनुप¥यो कि खारेजी गर्नुप–यो । ” 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै