Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

आज देशका कुन- कुन ठाउँमा छ भारी वर्षाको सम्भावना ?

By साझासवाल

<p><b>असार १३, काठमाडौं ।</b> मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ।<br></p><p>मनसुनी वायुको प्रभावले बिहान देशभर सामान्यदेखि पुर्ण बदली रहि बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । यसैगरी, आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।</p><p>यस्तै, राति&nbsp; देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र&nbsp; बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।</p>