Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

भारत जानेको लर्को

By साझासवाल

असार २०, काठमाडौं । भारतमा रहेका कञ्चनपुरको वेदकोट नगरपालिका–४ का पुष्कर थापा कोरोनाको दोस्रो लहरका बेला चैतमा घर फर्किएका थिए। उता कमाएर ल्याएको रकम यता महिना नपुग्दै तिरतारमा सकियो। घरमा नुनतेलको खर्चका लागि पनि समस्यामा परेका उनले पसल गरे। तर, निषेधाज्ञाका कारण पसल चलेन। उनी फेरि भारततिर हिँडेका छन्।

‘पसल गरेँ। बन्दले चलेन। अरू मजदुरी केही पाइनँ’, गौरीफन्टा सीमा नाकामा लाम लागेको अवस्थामा भेटिएका थापाले भने, ‘परिवार पाल्न भारत जानुको विकल्प देखिनँ। गरिबले भारतबाहेक काँ जाने त ? विदेश (तेस्रो मुलुक) जान लाखौं खर्च हुँदैन। टिकट काटेपछि भारत जान सजिलो। त्यसैले आज भारत जान लागेको।’

कैलालीको लम्कीचुहा नगरपालिका मोतीनगरका गणेश बडुवाल पनि शुक्रबार भारत पसेका छन्। मुम्बईमा काम गर्ने बडुवालले भने, ‘घरदेश छोड्न कसलाई राम्रो लाग्ला र ? तर, केही रोजगारी पाइँदैन, के गर्नु ? भारत जानुको विकल्प छैन।’

बडुवाललाई भारतमा अझै कोरोनाको कहर यथावत् रहेको थाहा छ। दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोना पुष्टि भइरहेको समाचारमा सुनेको उनले बताए। ‘तर, त्यहाँ मालिकले खोप लगाएपछि कोरोना लाग्दैन। लागे पनि अस्पताल भर्ना हुनुपर्दैन भने’, उनले भने, ‘त्यसैमा हाम्रो देशमा खोप पनि पाइँदैन, मालिकले बोलाएकाले जान थालेको हुँ।’

कोरोना महामारी ओर्लिएपछि भारतले फेरि सहरहरू खुल्न थालेका छन्। सार्वजनिक यातायात र रेल सेवा सञ्चालनमा आएका छन्। ‘दुई महिना भयो घर आएको। दुई महिनामै बालबालिकालाई के खाऊँ, के लाऊँ भइँसक्यो।

भारत नजानुको विकल्प पनि त छैन नि’, कैलालीको लम्कीचुहा–४ का रामबहादुर विष्टले भने, ‘नेपालमा मजदुरीसम्म पनि पाइएन। कतै विद्यालय भवन, कतै सडक बन्दा र काम पाउला भनेर खोजेको तर सबै काम डोजरले गरिसक्यो भन्छन्। त्यसैले केही सीप नलागेपछि भारत हिँडेको।’ यो समाचारअन्नपूर्ण पोस्टमा छ ।