Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बङ्लादेशमा एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बङ्लादेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

असार २८, ढाका (रासस/सिन्ह्वा) । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बङ्लादेशमा थप १३ हजार ७६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

“कोरोनाभाइरसको महामारी सुरु भएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको यो नै पहिलो पटक हो,” एक सरकारी अधिकारीले भने ।

थपिएका सङ्क्रमितसँगै बङ्लादेशमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ३४ हजार ९५७ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

सोमबार सार्वजनिक गरिएको विवरणमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये थप २२० जनाको मृत्यु भएको पनि उल्लेख गरिएको छ ।

बङ्लादेशमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १६ हजार ६३९ पुगेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार बङ्लादेशमा कोरोनाभाइरसबाट सङ्क्रमति भएर पनि सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या आठ लाख ८१ हजार ५२१ पुगेको छ ।

तीमध्ये सात हजार २० जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।

सरकारले सार्वजनिक गरेको आधिकारिक विवरणमा बङ्लादेशमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरूको प्रतिशत १.१६ रहेको छ ।

त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ८५.१७ प्रतिशत रहेको छ ।

बङ्लादेशमा एकैदिनमा सबैभन्दा धेरै जनाको मृत्यु भने गत जुलाई ११ मा भएको थियो । त्यो दिन २३० जनाको मृत्यु भएको थियो ।