२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमान् विदेशमा रहेको बेला देवरसंग अवैध सम्बन्ध : गर्भ बसेपछि भ्रूण हत्या

२०७८, ११ श्रावण सोमबार ०८:३५

साउन ११, बलेवा (रासस) । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् “लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।”

बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर गाडेको बच्चाको विषयमा खोजी भयो । प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परे । देवर भाउजूको अवैध सम्बन्धबाट गर्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले गर्भपतन गराएर गाडेको अनुमान प्रहरीको छ । 

“दुई पटकसम्म शारीरिक सम्बन्ध भएको हो, बाँकी के–के भयो थाहा भएन”, प्रहरीसँगको बयानमा पक्राउ परेका देवरले भनेका छन्, “सहमतिकै कुरा हो, जबर्जस्ती गरेको होइन ।” यही प्रमाणका आधारमा प्रहरीले भ्रूण हत्या गरिएको आरोपमा जैमिनी–१० राङ्खानीकी ती महिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । यही साउन ३ गते ती महिलाको घरदेखि केही पर भ्रूण हत्या गरेर गाडेको भेटिएको थियो । उनीहरु दुवैविरुद्धमा भ्रूण हत्याको मुद्दा दर्ता भएको छ ।

पुरुषजस्तो देखिने भ्रूणलाई रातो टालोमा बेरेर माटोमुनि गाडिएको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । “दुवैले कमजोरी स्वीकार गरेकाले मुद्दा दर्ता भएको छ”, पल्लीमगरले भन्नुभयो, “अनुसन्धान बाँकी छ, हामी प्रक्रियामै छौँ ।” पक्राउ परेका दुवैलाई म्याद थप गरी थुनामा राखिएको छ । पक्राउ परेकामध्ये भाउजूका पाँच वर्षकी छोरी र तीन वर्षका छोरा छन् । देवरका १२ र दुई वर्षका दुई छोरी छन् । दुवै जना विवाहित हुँदाहुँदै अवैध सम्बन्ध राखेकै कारण घटना भएको पल्लीमगर बताउनुहुन्छ । 

“लामो समय श्रीमान् विदेशमा रहेकाले देवर नाता पर्ने भाउजूको घरमा आउजाउका कारण नाजायज सम्बन्ध रहेको पाइयो”, पल्लीमगरले भन्नुभयो । उनीहरुको सम्बन्धको विषयमा पहिलेदेखिनै शङ्का गरेका परिवारका सदस्य र गाउँलेले पछ्याउँदा उनले अवैध गर्भपतन गरेर गाडेको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस