Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अमेरिकामा हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १८, लस एन्जेलस् (रासस /सिन्ह्वा) । अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा सो दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

हेलिकोप्टरमा सवार रहेको चार जना व्यक्तिको नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र प्रत्यक्र्षदर्शीहरुलाई सोधपुछ शुरु गरिएको समाचारमा जनाइएको छ ।

कोलुसा  जिल्ला क्यालिफोर्निया राज्यको केन्द्रमा पर्दछ ।  यस घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।