२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाकाली तुइन घटना : छानबिन टोलीद्वारा बैतडीमा छलफल

२०७८, २६ श्रावण मंगलवार १६:०६

साउन २६, बैतडी (रासस)। महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले आज बैतडीमा छलफल गरेको छ । 

गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित उक्त टोलीले बैतडीका सुरक्षा अधिकारीसँग छलफल गरेको हो ।  बेपत्ता रहेका जयसिंहको खोजतलास गर्ने विषयमा छलफल भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।  

यही साउन १५ गते तुइनबाट महाकाली नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए । बेपत्ता भएको १२ दिनसम्म पनि उनको अवस्था अज्ञात रहेकाले खोजतलासमा तीव्रता दिने विषयमा छलफल भएको बताइएको छ । महाकाली नदी दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने गर्दछ ।  

टोलीले बैतडीको महाकाली नदी किनार झुलाघाट क्षेत्रमा खोजतलास गर्न पनि पुगेको थियो । उहाँले भन्नुभयो, “अन द स्पट गृहको टोली खोजी गर्न झुलाघाट क्षेत्रमा पुग्यो, भेट्टिएनन् ।

” बैतडीमा दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र  पञ्चेश्वर गाउँपालिका महाकाली नदीसँग जोडिएका छन् । भारतसँग बैतडीको ६१ किलोमिटर सीमा जोडिएको छ । उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले नियमितरुपमा खोजी गर्ने भएको छ  । 

छलफलपश्चात गृहको टोली बैतडीबाट फर्किएको छ ।     समितिले कञ्चनपुरसम्म महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ । 

भारतको बाटो भएर सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह बेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका छन्  । बेपत्ता जयसिंहको खोजीका लागि दार्चुलामा नेपाल प्रहरीको प्राविधिक टोलीसँगै ड्रोन क्यामेरा प्रयोग गरिएको छ ।

सरकारले घटनाको छानबिनका लागि साउन १७ गते सहसचिव गौतम नेतृत्वमा गठन गरेको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी रहेका छन् ।

साउन १९ गते दाुर्चला पुगेको उक्त छानबिन टोलीले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानव अधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो । टोलीले घटनास्थलको नेपाल–भारत दुवैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरेको थियो ।

टोलीले घटनाको सत्यतथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ । टोलीलाई घटनाको प्रतिवेदन बुझाउने समय यही साउन २७ सम्म रहेकोमा सात दिन थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ