<p>साउन २७, सिमकोट (रासस) । हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो ।</p><p>नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको बताउनुभयो । जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो । </p><p>विमानमा सवार चालक दलका सदस्य सकुशल रहनुभएको छ । चालक दलका सदस्यमात्र रहेको सीता एयरको नाइनएनएएचडी डोनिएर विमान रहेको छ ।</p><p> विमानको टायर पन्चर्ड भए पनि अन्य केही क्षति नभएको विमानास्थलले जनाएको छ । उक्त जहाजलाई पार्किङस्थलसम्म ल्याइएको छ । नेपालगञ्ज वा सुर्खेतबाट नयाँ टायर ल्याउने तयारी भइरहेको सीता एयरले जनाएको छ ।</p>
August 11, 2021
काठमाडौँ - KTM, समाज
दुर्घटनाबाट जोगियो सीता एयरको जहाज
By साझासवाल
2 मिनेट पढाइ










